नियम २२
अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले पालन गर्नुपर्ने शर्तहरू
दाना पदार्थ
उत्पादन, वा बिक्री वितरण गर्ने अनुज्ञापत्र प्राप्त व्यक्तिले देहायको शर्तहरू
पालन गर्नु पर्नेछ ः–
(क) दाना पदार्थ उत्पादन गर्ने, जम्मा गर्ने वा विक्री गर्ने काममा सरुवा वा
संक्रामक रोगबाट पीडित वा फोहरी व्यक्तिलाई लगाउन हुँदैन ।
(ख) दाना पदार्थ उत्पादन गर्ने, सञ्चय गर्ने वा बिक्री गर्ने ठाउँ सँधै सन्तोषप्रद
रूपले सफा सुग्घर राख्नुपर्छ । चर्पी, पिसाबखाना र फोहर वा बेकम्मा
मालसामान थुपारी राख्ने ठाउँको अलग व्यवस्था गर्नु पर्नेछ ।
(ग) उत्पादक वा थोक विक्रेताहरूले आफूले उत्पादन गरेको दाना पदार्थको
मात्रा, दाना पदार्थ विक्री वितरणको लागि पठाएको मात्रा र सो दाना
पदार्थ कुन कुन ठाउँमा विक्री वितरण गरिएको हो सो कुरा दर्ता
किताबमा उल्लेख गरी राख्नु पर्नेछ ।